तपाईँ सुन्दै हुनुहुन्छः

मनोनयनअघि अध्यक्ष ओलीद्वारा जेन–जी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको अवलोकन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गर्न जानुअघि जेन–जी आन्दोलनका क्रममा जलाइएका सरकारी तथा निजी सम्पत्तिको अवलोकन गर्नुभएको छ ।

ओलीले झापाका विभिन्न स्थानमा आन्दोलनका क्रममा क्षति पुगेका भवन, सवारी साधन तथा अन्य संरचनाको स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा भएको क्षतिप्रति उहाँले चासो व्यक्त गर्नुभएको थियो ।

अवलोकनपछि ओली मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button