उदयपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता सुरु
उदयपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता कार्य सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजे नै देखि उम्मेदवारी दर्ताको काम सुरु भएको छ । अहिले स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहनु भएको छ। राजनीतिक दलहरूले पनि मनोनरु सुरु गरेका छन् । अहिले सम्म ४ वटा राजनीतिक दलले मनोनयन दर्ता गरिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनु भयो।
उदयपुर क्षेत्र नं २ अन्तर्गतका प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन कटारी स्थित निर्वाचन अधिकृतको कार्यालय मार्फत गरिएको छ । क्षेत्र नं। १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय गाइघाटमा मनोनयन सुरु भएको हो।

उम्मेदवारको मनोनयन दर्ता सुरु भएसँगै निर्वाचन अधिकृतको कार्यालय र वरपर सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ । उम्मेदवारी दर्ताको समय बेलुकी ५ बजे सम्म तोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्