इलामका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु
इलाम। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

निर्वाचन क्षेत्र-१ को सूर्योदय १० फिक्कल निर्वाचन अधिकृतको कार्यलयमा र क्षेत्र-२ को इलाम नगरपालिका ७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ता भइरहेको छ । मनोनयन बिहान १० बजेदेखि नै सुरु भएको हो।
हालसम्म इलाम १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट तुलसी केशरी , राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्वाला नेपाल र मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट बुद्ध लाल मेचेले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसै गरी इलाम २ मा नेपाल जनमुक्ति पार्टिको याम योङहाङ लिम्बु , राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश दुलाल र मंगोल नेसनल अर्गनाइजेसनका श्याम लिम्बुलेउम्मेदवार दर्ता गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्