तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा उम्मेदवारको मनोनयन दर्ता सुरु 

धनगढी। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता कार्य सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केहिवेर अघि देखि उम्मेदवारी दर्ताको काम सुरु भएको छ । अहिले सम्म निर्वाचन क्षेत्र न।५ मा २ जना र निर्वाचन क्षेत्र न।३ मा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । यसै गरी निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी भइरहेको छ । कैलालीमा निर्वाचन क्षेत्र न।१, २, ३, ४ र ५ को क्रमशः टिकापुर, लम्की, घोडाघोडी, अत्तरिया र धनगढीमा निर्वाचन अधिकृतको कार्यालय रहेका छन् ।

उम्मेदवारको मनोनयन दर्ता सुरु भएसँगै निर्वाचन अधिकृतको कार्यालय र वरपर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उम्मेदवारी दर्ताको समय बेलुकी ५ बजे सम्म तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button