तपाईँ सुन्दै हुनुहुन्छः

युवाको ऊर्जा रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने धारणा राख्नुभएको छ ।

यहाँ आज आयोजित ‘मोडल युनाइटेड नेसन्स ४.०’ समापन समारोहमा उपाध्यक्ष घिमिरेले पछिल्लो समयमा युवालाई दुरुपयोग गर्ने खतरा रहेको चिन्ता व्यक्त गर्नुभयो ।

“देश, राजनैतिक व्यवस्था, राजनैतिक दल र नेतृत्वप्रति अनावश्यक रुपमा घृणा फैलाउन युवा विद्यार्थीलाई दुरुपयोग गर्ने खतरा उत्तिकै देखिएको छ”, उहाँले भन्नुभयो, “युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”

उपाध्यक्ष घिमिरेले अझै पनि सबै पक्ष युवाको चाहनाअनुसार नभएकाले दबाबमूलक कार्यक्रमहरूमार्फत युवाको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आवाज उठाउने कुरा अपराध नभई नागरिक अधिकारको अधिकार भएकाले शान्तिपूर्ण बहसमार्फत नीतिगत सुझाव दिने, कतिपय अवस्थामा नागरिक अभियानमार्फत राज्यलाई जिम्मेवार बनाउनु युवाहरूको दायित्व हुने भनाइ उहाँको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button