सचिव अर्यालको सञ्चार मन्त्रालयबाट बिदाइ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा हुनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित सचिव अर्यालको बिदाई कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्नुहुँदै सचिव अर्यालसँगको समन्वय राम्रो रहेको बताउनुभयो ।
मन्त्री खरेलले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत हुनुपर्नेमा जोड दिनुभयो ।

सचिव आर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानून सम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिनुहुँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्