तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेद्वारा बारा, पर्सा, रौतहटमा १० उम्मेदवारको टुङ्गो 

वीरगञ्ज । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि नेकपा एमालेले पर्सा, बारा र रौतहटका १२ निर्वाचन क्षेत्रमध्ये १० निर्वाचन क्षेत्रको उम्मेद्धवारको नाम टुङ्गो लगाएको छ । 

टुङ्गो लागेका १० मध्ये ४ जना उम्मेदवार नयाँ रहेका छन् । नेकपा एमालेले पर्साको क्षेत्र नम्बर १ र २ को उम्मेदवार भने टुङ्गो लगाउन बाँकी रहेको छ । 

नेकपा एमालेले पर्साको क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका पूर्व मन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नम्बर ४ मा जालिम मियाँ मन्सुरीलाई उम्मेदवार बनाएको छ । 

यता बारा जिल्लामा क्षेत्र नम्बर १ बाट अच्युत मैनाली, २ बाट बलवीर चौधरी, ३ बाट पूर्व मन्त्री ज्वाला साह र ४ बाट पूर्व मन्त्री किसान श्रेष्ठलाई नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । 

यीमध्ये बलवीर चौधरी नयाँ हुनुहुन्छ । 

त्यसैगरी रौतहटबाट नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट अजय गुप्ता, २ बाट शैलेन्द्र साह, ३ बाट कुन्दन कुशवाहा र ४ बाट रामजी साहलाई उम्मेदवार बनाएको छ । रौतहटका ४ उम्मेदवारमध्ये क्षेत्र नम्बर ३ र ४ का कुशवाहा र साह नयाँ हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button