सर्वोच्च अदालतमा काँग्रेस देउवा समुहको रिट दर्ता, ६ गते पेशी तोकियो
काठमाण्डौ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको र सोही कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा समूहले आज सर्वोच्चमा रिट निबेदन दिएको थियो । ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले रिट निवेदन दर्ता भएको र भोलि सार्वजनिक बिदा परेका कारण ६ गते मंगलबारका लागि पेसी तोकिएको जानकारी दिनुभयो ।
देउवा समूहले निर्वाचन आयोगको निर्णय खारेज गरी शेरबहादुर देउवा सभापति भएको समिति नै आधिकारिक भएको दाबीसहित रिट दर्ता गरेको हो ।
रिटमा अवैधानिक रुपमा विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई भंग गर्नुपर्ने, ६ गतेको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन रोक्नु पर्ने र यदि मनोनयन भइसकेको भए स्थगित गरेर मनोनयनका लागि अर्को मिति घोषणा गर्नुपर्ने तथा गगन थापा नेतृत्वको कार्यसमतिलाई मान्यता दिने आयोगको निर्णय बदर गर्नुपर्ने माग गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू रिट दर्ताका लागि सर्वोच्च अदालत पुग्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्