तपाईँ सुन्दै हुनुहुन्छः

शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभाको पहिलो बैठक

काठमाण्डौ । राष्ट्रियसभाको १९ औं अधिवेशनको पहिलो बैठकले आज राष्ट्रियसभा सदस्य बलदेव बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
२००८ सालमा कञ्चनपुरमा जन्मनुभएका बोहोराको ७४ वर्षको उमेरमा यही पुुस ३० गते निधन भएको थियो ।
२०८० सालमा नेपाली कांग्रेसका तर्फबाट सुुदुुरपश्चिम प्रदेशबाट निर्वाचित बोहोरा २०७० सालमा संविधानसभा सदस्य हुनुुहुन्थ्यो ।
बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले सभाको १९ औं अधिवेशन आव्हान गर्नुभएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुुनाउनुुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button