बाँकेमा एक महिनामा १११ सवारी दुर्घटना, ६ जनाको मृत्यु
नेपालगन्ज। बाँकेमा एक महिनामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस महिनामा जिल्लामा १११ वटा सवारी दुर्घटना भएका छन् । जसमा १७७ वटा सवारी साधन संलग्न छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण ५९ दुर्घटना, चालकको लापरवाहीले १, चौपाया १ र यात्रु मापसे ७ वटा छन् । त्यसैगरी ट्राफिक चेकिङका क्रममा २ हजार १५० सवारी साधनलाई कारबाही गरी १८ लाख २२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । यस्तै राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ २७ लाख ३७ हजार ११० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । सो क्रममा ६ जना व्यक्ति, १ वटा गाडी र १ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
यसैगरी फैसला कार्यान्वयनतर्फ ३३ जना पक्राउ परेका छन्, जसबाट २० वर्ष ३ महिना १० दिन कैद र ३६ लाख १८ हजार ९७७ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको बाँके प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्