तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो मातृ मृत्यु रोक्न लुम्बिनी प्रदेशमा ‘आमा सुरक्षा अभियान’

नेपालगन्ज । मातृ मृत्यु हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेश सरकारले ‘आमा सुरक्षा अभियान’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आमा मृत्यु दर बढी देखिएका कपिलवस्तु, बाँके, रुपन्देही र दाङ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । 

“समग्र लुम्बिनी प्रदेशमै मातृ मृत्यु बढी छ” उहाँले भन्नुभयो, “त्यसमध्ये पनि बढी मृत्यु भएका चार जिल्लामा आमा सुरक्षा अभियान कार्यक्रम लैजाने योजना बनाइएको छ । अहिले हामी त्यसकै मापदण्ड बनाइरहेका छौँ ।” मातृ मृत्यु कम गरेका पालिकाहरूको अभ्यासका आधारमा मापदण्ड बनाउने काम भइरहेको उहाँले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मातृ मृत्यु बाँके र कपिलवस्तु जिल्लामा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँके र कपिलवस्तुमा मातृ मृत्यु बढी देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button