अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अछाम । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मङ्गलसेनमा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को साँफेबगरमा आज एक कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो ।
मङ्गलसेनमा जिल्ला अदालतमा तथा साँफेबगरमा नगरपालिकाको नयाँ भवनमा कार्यालय स्थापना गरिएको छ ।
अछाममा जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तथा भोलाराज रेग्मीलाई क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्