मानसिक तथा शारीरिक स्वास्थ्यका लागि नियमित योग जरुरी : सभामुख यादव

जनकपुरधाम । “स्वास्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” मूल नारा सहित मधेश प्रदेशमा विभिन्न कार्यक्रम सहित ११ औँ राष्ट्रिय योग दिवस २०८२ आज मनाइएको छ ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामको आयोजनामा चिकित्सालयको मुजेलियास्थित भवनमा आयोजना गरिएको कार्यक्रममा सहभागी योगका प्रशिक्षक तथा विज्ञहरुले योगलाई दैनिक जीवनमा उतार्नका लागि आग्रह गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका सभामुख रामआशिष यादवले मानवलाई मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य रहनका योगलाई दैनिक दिन चर्या बनाउनु पर्ने धारणा राख्नु भयो ।
उहाँले अहिले मानवमा विभिन्न प्रकारको विकारहरू उत्पन्न भएको र नसर्ने रोगको कारणले निक्कै पिडित हुनु परेकाले त्यसको रोकथाम तथा उपचारका लागि योग महत्वपूर्ण माध्यम भएकाले सबैले योगलाई दैनिकी बनाएर आत्मसात गर्न जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका उपसभामुख बबिता राउत ईशरले व्यस्त जीवन शैलीका कारणले सवैमा मानसिक तनाव बढेका कारणले मान्छेहरूमा विभिन्न प्रकारका नसर्ने रोगहरूले च्याप्ने गरेकाले हरेकले योग तथा प्रणयाम गर्न जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभाका सदस्य रामसरोज यादवले युवाहरूमा देखा परेको कुलतबाट जोगाउन तथा विषादीयुक्त खानपानले भइरहेको स्वास्थ्य समस्याबाट मुक्ति पाउनका लागि हरेकले दैनिक रुपमा योग, ध्यान तथा प्रणयाम गर्न जरुरी रहेको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य रहनका लागि हरेक व्यक्तिले नियमित रुपमा कम्तीमा पनि आधा घण्टा योग तथा प्रणयाम गर्न जरुरी रहेको बताउनु भयो ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. महारुद्र ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा योगका प्रशिक्षकले कार्यक्रममा सहभागीहरूलाई योगाभ्यास गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्