तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपालगञ्ज । पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँदछन् ।

बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका थारु गाउँहरूमा गीत/सङ्गीतले माहोल फेरिएको छ । थारु गाउँहरूमा मादलको धुनसँगै ‘सखिए’को मधुर स्वर गुञ्जिन थालेका छन् । परम्परागत भेषभूषामा सजिएका थारु युवतीहरू नाचगानमा व्यस्त छन् ।

बुधबारदेखि सुँगुर काटेर रातभर रमाइलो गर्दै विभिन्न परिकार खाँदै थारुहरूले रमाइलो गरिरहेका छन् । थारु महिलाले घरकै अन्न प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्दछन् । यसरी तयार पारिने खानाका परिकारको सामूहिकरुपमा खानपिन गरी टोलटोलमा रमाइलो गर्ने चलन थारु समुदायमा रहेको छ ।

थारुहरू माघको पहिलो हप्ताभरि नै माघी मनाउँछन् । माघीमा घरमूलीबाट वर्षभरिको आय–व्यय विवरण प्रस्तुत गर्ने र नयाँ योजना बनाउने गरिन्छ । गाउँ रेखदेख गर्ने चौकीदार, गाउँका अगुवा, चिराकिया, गुरुवा आदिको चयन पनि यसै बेला गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button