मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१३, की ७० वर्षीया लक्ष्मी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।
धुलियाबिटबाट बजारतर्फ जाँदै गरेको क.प्र.०२००२प–३२७१ नम्बरको मोटरसाइकलले आज वीरेन्द्रनगर नगरपालिका–११, पिपिरा चोकमा ठक्कर दिँदा घाइते लामिछानेलाई प्रदेश अस्पताल काला गाउँ पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुर्खेतको लेखबेशी नगरपालिका–३, का २९ वर्षीय हर्कबहादुर बस्नेतको समेत बायाँ आँखामा र दाहिने हातमा चोट लागे पनि उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्