त्रिवेणी गाउँपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरको ८औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सरस्वती मावि लिङदुङको व्यवस्थापनमा भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनजागृति माध्यमिक विद्यालय, जुगारले ४३ स्वर्ण पदक हात पार्दै प्रथम स्थान हासिल गरेको छ । द्वितीय अरनिको मावि नुवा गाउँ, तृतीय सरस्वती मावि लिङदुङ भए ।
जनजागृति माविले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै उपाधिसहित लगातार चौथो पटक प्रथम भएको हो । विद्यालयका विद्यार्थी खेलाडीहरूले आयोजित खेलका विभिन्न विधामा प्रभावशाली प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्