तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु

बैङ्कक । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षतिग्रस्त संरचना विशाल कङ्क्रिटका खम्बाहरूमा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ ।

उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ । 

जिल्ला प्रहरी प्रमुख थाचापोन चिन्नावोङलाई उदृत गर्दै एएफपीले दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ । 

चिनको ५.४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ । 

चीनको विशाल “बेल्ट एन्ड रोड“ पूर्वाधारको एक हिस्साको रूपमा यस परियोजनालाई सन् २०२८ सम्ममा लाओस हुँदै बैंककलाई चीनको कुनमिङसँग जोड्ने लक्ष्य राखिएको छ ।

रेलको एउटा क्रेन रेलको लिगबाट निस्केर खस्दा दुर्घटना भई आगलागी समेत भएको नाखोन रत्चासिमाको प्रान्तीय जनसम्पर्क विभागले विज्ञप्ति मार्फत जनाएको छ । 

स्थानीय मिडियाले प्रसारण गरेको प्रत्यक्ष फुटेजमा उद्धारकर्मीहरू घटनास्थलमा हतार– हतारमा उद्धार गरिरहेको देखिएको छ भने भग्नावशेषबाट धुवाँ निस्किँरहेको र रेलको लिग बाट एउटा बट्टा झरेको देखिन्छ । 

प्रहरी प्रमुख थाचापोनले अधिकारीहरूले घटनास्थलमा “रासायनिक चुहावट“ का कारण उद्धार कार्य रोकेको पुष्टि गर्नु भएको छ ।

रेल बैंककबाट उबोन रत्चथानी प्रान्ततर्फ गइरहेको अवस्थामा दुर्घटना भएको नाखोन रत्चासिमाको प्रान्तीय विभागले जनाएको छ ।

यातायात मन्त्री फिपट रत्चाकितप्रकरणले रेलमा १९५ जना सवार रहेको पुष्टि गर्दै मृतकको पहिचान गर्न अधिकारीहरू निरन्तर लागिरहेको बताउनु भएको छ । उहाँले  दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई आदेश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

निर्माणधिन ६०० किलोमिटरको उच्च गतिको रेल परियोजना पूरा भएपछि रेलहरू लाओससँगको मेकोंग नदीको सिमानामा रहेको बैंककबाट नोङ खाईसम्म २५० किलोमिटर प्रति घण्टासम्म चल्नेछ ।

यस अघि सन् २०२३ मा, पूर्वी थाइल्यान्डमा रेल ट्रयाक पार गर्ने पिक अप ट्रकमा ठोक्किए पछि मालवाहक रेलले आठ जनाको ज्यान लिएको थियो ।  

सन् २०२० मा धार्मिक समारोहमा यात्रु बोकेको बसमा दुर्घटना हुँदा मालवाहक रेलमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी घाइते भएका थिए । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button