तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने र पाँच वर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गरेको छ ।

गत मार्चका भूकम्पबाट प्रभावित भएको म्यानमारका धार्मिक सम्पदाहरूको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button