धनुषामा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउने सङ्ख्या बढेको छ ।
हरेक सरकारी काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण अहिले परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीहरूको भिड लाग्ने गरेको छ ।

परिचयपत्रका लागि पहिला नै टोकन लिनुपर्ने व्यवस्था मिलाए पनि दुई दिन बिदा भएका कारणले आज अत्यधिक मात्रामा भिड देखिएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले भिडलाई ध्यानमा राखेर पछिल्लो समय जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका तथा धनुषाधाम नगरपालिकामा परिचयपत्र शाखा स्थापना गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्