तपाईँ सुन्दै हुनुहुन्छः

भेडेटारबाट ४६० केजी गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

धनकुटा। धनकुटाको भेडेटारबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

आइतबार राती करिब ८ बजे चेकजाँचका क्रममा प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटार बजारबाट ४ सय ६० केजी गाँजासहित एम्बुलेन्स नियन्त्रण लिएको हो। धनकुटाबाट सुनसरीको धरान जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स शङ्का लागि चेकजाँच गर्न खोज्दा प्रहरीलाई समेत लडाई भागेको थियो। उक्त एम्बुलेन्स पछ्याउँदै जाँदा भेडेटार गेट नजिकै छाडी चालक भागेको अवस्थामा नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार भेडेटार स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई नै लडाई भागेको बताउनुभयो।

एम्बुलेन्स भित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर १५ वटा पोकामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स सहित नियन्त्रणमा लिइएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई अनुसन्धान भई रहेको र फरार रहेका सवारी चालक तथा एम्बुलेन्स धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button