तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरद्वारा दुई क्षेत्रबाट १८ जनाको नाम सिफारिस

उदयपुर । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १८ जनाको नाम सिफारिस गरेको छ।

नेकपा उदयपुरको उम्मेदवार सिफारिस कार्यदलका सदस्य विनोदकुमार खड्काका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट १० जना र निर्वाचन क्षेत्र नं. २ बाट ८ जनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस गरिएका उम्मेदवारहरूमा अर्जुन तिल्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई रहेका छन्।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट एविराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहालको नाम सिफारिस गरिएको छ।

नेकपा उदयपुरका अनुसार सिफारिस सूचीमा जगन्नाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button