तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा आपतकालीन बैठक आयोजना

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । 

किएभका मेयरले रूसी आक्रमणका कारण भएको ऊर्जा अवरोधका कारण बासिन्दाहरूलाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताउनु भएको छ ।   

“रुसी महासङ्घले नागरिकहरू विरुद्धको आतङ्कवादद्वारा युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह स्तरमा पुगेको  युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ ।  

पछिल्लो रूसी आक्रमणले किएभका आधा– आधी आवासीय भवनहरूलाई  ऊर्जा विहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताउनु भएको छ । 

क्रेमलिनले सन् २०२२ फेब्रुअरी मा युद्ध सुरु भए देखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ ।

रूसी सङ्घले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल, ’ओरेसनिक’ प्रयोग गरे पछि राजदूतले पत्र जारी दाबी गरेको छ । 

“यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ । “

मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिकलाई रोक्न असम्भव भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगायत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button