सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु
सल्यान । सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रवार बिहान घर नजिकैको हरियाली सामुदायिक वनमा घाँस दाउरा काट्न गएकी रावतलाई बाघले आक्रमण गरेको थियो ।
स्थानीय प्रहरीको टोलीले खोजी गर्ने क्रममा घर देखि करिब ५ सय मिटर जङ्गलमा शव पेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्