मोरङमा साढे चार हजार बढी निर्वाचन प्रहरी भर्ना गरिने
विराटनगर । आगामी फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चार हजार बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन ४ हजार ५ सय ५४ निर्वाचन प्रहरी भर्नाका लागि आज देखी दर्खास्त आव्हान गरिएको छ ।
जसमध्ये ५ सय ७१ जना सशस्त्र प्रहरीवल तर्फ र बाँकी नेपाल प्रहरीतर्फ निर्वाचन प्रहरी भर्नाका लागी संयुक्त रूपमा दर्खास्त आव्हान खुल्ला गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४ हजार ५ सय ५४ निर्वाचन प्रहरी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित एकीकृत रूपमा सुरक्षाकर्मी परिचालन हुने एसपी कटुवालले बताउनुभयो ।
निर्वाचन प्रहरीका लागि योग्यता पुगेकाहरूले दर्खास्त फारमका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरीवल नेपाल न ३ कंकालिनी गण टंकिसिनवारीमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
आगामी निर्वाचनमा मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । त्यसमध्ये पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र महिला ३ लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्