तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्ग मर्मत: काबेली-बहानन्दे सडक ६ घण्टा बन्द हुने

ताप्लेजुङ। मेची राजमार्ग अन्तर्गत काबेली-बहानन्दे सडकखण्ड चार दिनसम्म बिहान ८ बजे देखि २ बजे सम्म पूर्ण रूपमा बन्द हुनेछ। साँघुरो सडक मर्मत तथा स्तरोन्नति गरिने भएकाले सडक डिभिजन कार्यालय इलामले यस्तो व्यवस्था गरेको हो।

सडक निर्माणका क्रममा ब्लास्टिङ गर्दा ढुङ्गा र पहिरो झर्न सक्ने भएकाले स्थानीय आवतजावत नहुन, मानिस र चौपाया नछोड्न कार्यालयले आग्रह गरेको छ। राजमार्ग आसपास विद्युत्को पोल रहेको हुँदा केन्द्रीय प्रसारण लाइनको सेवा अवरुद्ध हुन सक्ने जोखिम छ। यद्यपि, आज विद्युत् सेवा प्रभावित भएको छैन भनी नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ।

सडक पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिइएको छ। काबेली—सुकेटारसम्मको मर्मत तथा स्तरोन्नति काम हिमालय कन्स्ट्रक्सनले गर्दैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button