तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन: कर्णालीमा चार जनाको मनोनयन दर्ता

कर्णाली । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।  

कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको हो । अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली काँग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो । 

त्यसैगरी, महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अञ्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारी चौलागाईंले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button