तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश : मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिमण्डल पुनर्गठन एवं कार्य विभाजन गर्नु भएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले दुई राज्यमन्त्री तथा १० जना मन्त्रीसहित मौजुदा मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, खानेपानी, सिचाई तथा उर्जामन्त्री तिलचन पाठक, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्र मणी पराजुली, आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेप, सामाजिक विकासमन्त्री रामप्रसाद महतो, स्वास्थ्यमन्त्री मान बहादुर  लिम्बु र उद्योग, कृषि तथा सहकारी मन्त्रीमा इस्राईल मन्सुरी रहनु भएको छ । 

त्यसैगरि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा शोभा चेम्जोङ रहनु भएको छ । 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button