तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय चलचित्र प्रवर्द्धनका लागि प्रमाणीकरण समिति आवश्यक: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गुणस्तरीय चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्डमा प्रमाणीकरण समिति आवश्यक रहेको बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा आज चलचित्र विधेयक २०८१ माथिको छलफलमा मन्त्री खरेलले गुणस्तरीय चलचित्र प्रवर्द्धन र सरकारी कोषको संरक्षणका लागि प्रमाणीकरण समितिले काम गर्ने र त्यसले चलचित्र क्षेत्रलाई पारदर्शी  एवं जबाफदेही बनाउने बताउनुभयो ।

संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री खरेलले प्रमाणीकरण समितिको अध्यक्ष नियुक्त गर्न मन्त्रालयको सिफारिस वा चलचित्र क्षेत्रका विज्ञमध्ये एक प्रतिनिधि नियुक्त गर्दा सहज हुने सुझाव समेत दिनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले राष्ट्रिय हितविरुद्धका चलचित्र प्रदर्शन हुन नदिन मन्त्रालयको निगरानी आवश्यक रहेको बताउनुभयो । 

विधेयक माथिको छलफलमा सांसदहरूले नेपालका विभिन्न मातृभाषाहरूमा निर्माण गरिएका चलचित्रहरूलाई प्राथमिकता दिनुपर्ने, चलचित्र विकास बोर्डमाथि मन्त्रालयको हस्तक्षेप हुन नहुने, हिंसा र विभेद प्रवद्र्धन गर्ने चलचित्रहरू निरुत्साहन गर्नुपर्ने लगायतका धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button