तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बाटो काट्दै गरेकी स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले ठाकुरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। दुर्घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button