तपाईँ सुन्दै हुनुहुन्छः

त्रियुगा–७ मा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ होक्से खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका–६ जलजले बस्ने ४३ वर्षीय राजा हुसेन अली र मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त २८२५ नम्बरको ट्याक्टर (सिमेन्ट घोल्ने मिक्सर मेसिन जडान गरिएको) ओरालो सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–६ मोहनपुरकी ४० वर्षीया समिद्रा सदा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् भने ४५ वर्षीय शम्भु सदा जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनापछि ट्याक्टर चालक त्रियुगा नगरपालिका–६ बगर टोल बस्ने ३० वर्षीय मनोज साह (बिलेतिया) घटनास्थलबाट फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button