तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ ईन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा १ करोड सहयोग

'हालसम्म पुनःनिर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन'

काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले भाद्र २३–२४ गतेको आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण र राहतका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज सो रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको छ। सो अवसरमा अर्थ सचिव, राजस्व सचिव र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पनि उपस्थित हुनुहुन्थ्याे। सो अवशरमा अर्थमन्त्री खनालले योगदानको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्नुभयो।

यो सहयोगसँगै हालसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको कोषले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button