तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गर्न औपचारिक नीति आवश्यक

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र प्रसारण प्लेटफर्महरूमा प्रदर्शनका लागि औपचारिक अनुमति र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले नेपाली चलचित्रलाई युट्युब, नेटफ्लिक्सजस्ता डिजिटल फिल्म प्लेटफर्महरूमा प्रदर्शन गर्न सरकारले औपचारिक सम्झौता र आवश्यक नीति निर्माण गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्र महत्वपूर्ण राष्ट्रिय उद्योग भएकाले बोर्डको अध्यक्षको सेवा–सुविधा, अनुशासन र कार्य मूल्याङ्कनमा मन्त्रालयको अनुगमन आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै बैठकमा अन्य सरोकारवालाहरूले चलचित्र उद्योग राष्ट्रिय अर्थतन्त्रसँग जोडिएकाले विदेशी चलचित्रहरूको प्रदर्शन र लगानी सम्झौतामा जाँच–पास प्रक्रिया सम्बन्धी आवश्यक कानुनी व्यवस्था चलचित्र विधेयक–२०८१ मा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button