तपाईँ सुन्दै हुनुहुन्छः

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी (नवलपरासी)।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उहाँले बताउनुभयो ।

अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button