ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्ने
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले चलचित्र विकास कोष स्थापना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने तथा नेपालका विभिन्न समुदायका मातृभाषामा निर्माण हुने चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने विषय विधेयकमा समेट्नुपर्ने बताउनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र उद्योग राष्ट्रको अर्थतन्त्र र पहिचानसँग जोडिएकाले चलचित्र विकास बोर्डका नीति कार्यक्रम र दीर्घकालीन योजना लगायतका महत्वपूर्ण विषयहरूमा मन्त्रालयले बोर्डसँग साझेदारी गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चलचित्र विधेयक २०८१ सम्बन्धि छलफलमा सांसदहरुले दलित तथा आदिवासी जनजाति समुदायका विभिन्न भाषामा निर्माण गरिएका चलचित्रलाई व्यावसायीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रसारण गरि समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै बैठकमा सांसदहरुले चलचित्र क्षेत्रका विभिन्न विषयमा अध्ययनका लागि शैक्षिक संस्था र पूर्वाधार विस्तार गर्नुपर्नेमा समेत जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्