तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जाडो बढेपछि विद्यालय थप तीन दिन बन्द 

जनकपुरधाम । विगत एक साता भन्दा बढी समय देखि मधेस प्रदेशका जिल्लाहरूमा कठ्याग्रीदो जाडोको क्रम जारी रहेका कारणले विद्यालयहरूले दिएको बिदाको अवधि थप गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप तीन दिनका लागि बिदा दिएको हो । 

वर्षे जाडो बिदाबाट कट्टा हुने गरी पुस १७ गते देखि २० गतेसम्मका लागि बिदा दिएको शिक्षा युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अञ्जु पाण्डेले जानकारी दिनु भएको छ । 

यस अघि दोस्रो पटक १३ गते देखि १६ गतेसम्म र पहिलो पटक ११ गते १ दिनका लागि जाडो बिदा उपमहानगरपालिकाले दिएको थियो । शीतलहरका कारणले घाम नलागेको र सर्वसाधारणले अत्यधिक चिसोको अनुभूति गरेको वेलामा बालबालिकामा पर्ने नकारात्मक प्रभावबाट जोगाउनका लागि विद्यालय बन्द गरेको जनाएको छ । 

मधेस प्रदेशका अन्य जिल्लाहरूमा रहेका पालिकाहरूमा पनि जाडो बिदा दिने काम भएको छ । अत्यधिक चिसोका कारणले मधेस प्रदेशका जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button