तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्धार 

नेपालगन्ज । माइती नेपाल नेपालगन्जले नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्धार गरेको छ ।नेपालगन्जमा आज वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सन् २०२५ मा भारतका विभिन्न शहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।

कोइरालाका अनुसार खोजतलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेका छन् । माइती नेपालले सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा काम गरिरहेको छ ।

माइती नेपालले आगामी दिनमा पनि सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र सामाजिक पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेको समन्वयमा गरिएको कार्यक्रममा बोल्दै महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा न्यूनीकरणका लागि रि-एक्टिभ भन्दा पनि ुप्रो-एक्टिभु बन्नुपर्नेमा जोड दिनुभयो । मानव बेचबिखन तथा ओसारपसारलाई सामाजिक कलङ्कको उपमा दिँदै गिरीले मिडियाले सचेतना प्रवर्द्धन र नीतिगत व्यवस्था तथा सुधारका लागि गहन ढंगले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कृष्ण ओलीले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button