तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा ९० हजार ३ सय २७ जनाले मतदान गर्ने

ताप्लेजुङ । सरकारले फागुन २१ गते घोषण गरेको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङका ९० हजार बढीले मतदान गर्ने भएका छन् । २०७९ सालको प्रदेश र प्रतिनिधि निर्वाचनको तुलनामा २ हजार ४२ मतदाता थपिएसँगै ९० हजार ३ सय २७ मतदाताले निर्वाचनमा मत दिन पाउने भएको हो ।  २०७९ सालमा ८८ हजार २ सय ८५ मतदाता रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अन्तिम नामावली प्रकाशनको तथ्याङ्कलाई हेर्दा ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला रहेका छन् ।

एक नगरपालिका सहित नौ स्थानीय तह रहेको जिल्लामा सबै भन्दा बढी फुङलिङ नगरपालिकामा र सबै भन्दा कम मिक्वाखोला गाउँपालिकामा मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकृत बन्दराज दुलाल( विपिन) ले जानकारी दिनुभयो । 

यता आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय १, फताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५,मेरेङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेको समेत अधिकृत दुलालले बताउनुभयो । त्यस्तै निर्वाचनका लागि ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र कायम गरिएको छ ।  निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धी विविध कार्य सञ्चालन गरिरहेको समेत बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button