पुलिस एनभीए क्लब भलिबल, पुरुषतर्फ क्वार्टर फाइनलमा प्रवेश
काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
जितसँगै पुलिसले ६ अंक पु¥यायो। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो । पुलिसले सेमिफाइनल प्रवेश गर्न अब समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्