तपाईँ सुन्दै हुनुहुन्छः

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

यसअघि उद्योगले एक पटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैङ्कले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button