ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीमा बेग्लाबेग्लै ठाउँमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–६ बस्ने अफरोज साह फकिरकी छोरी दुई वर्षकी सोहानी साह फकिर र धनकौल गाउँपालिका–४ मैनाथपुर बस्ने .३० वर्षीय अरुण राय यादव रहेका छन् । हरिपुर्वामा शनिवार मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।
हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुई वर्षकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई बाटो काट्ने क्रममा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालिकालाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसैगरी धनकौल गाउँपालिका–५ पासवान टोल स्थित भित्री सडक खण्डमा ज १ त ७०१३ नं.को ट्याक्टर दुर्घटनामा च्यापिएर चालक अरुण राय यादवको मृत्यु भएको छ । ट्याक्टर सडकबाट दाहिने साइडको नालीमा पल्टिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्