तपाईँ सुन्दै हुनुहुन्छः

राखेप बोर्डमा पाँच सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई नियुक्त गर्नुभएको मन्त्रीका स्वकीय सचिव विनोद रिमालले जनाकारी दिनुभयो ।

परिषद्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगतबहादुर टमाटा, रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज(नारा०)को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो सङ्घको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरिएको हो । 

चार वर्षका लागि नियुक्त गरिएका सदस्यहरूको आजै शपथ ग्रहण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button