परराष्ट्रमन्त्रीमा पूर्व रथी बालानन्द शर्मा नियुक्त
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व रथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

उहाँको राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले २ बजेपछि शपथ ग्रहण हुँदै छ ।
०६२–०६३ को जनान्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय मा पूर्वरथी शर्मा संयोजक हुनुहुन्थ्यो। नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजनका लागि उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
त्यस बेला माओवादीले दाबी गरेको आफ्ना ३० हजार लडाकुलाई उहाँको नेतृत्वमा घटाएर करिब १५ सय मात्र समायोजनमा पार्नु र स्वैच्छिक अवकाश रोज्ने लडाकुहरूलाई निश्चित रकम दिएर घर फर्काउने काममा शर्माले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
सफल नेतृत्व गरेका उहाँलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्