तपाईँ सुन्दै हुनुहुन्छः

ख्रिष्टियन महासङ्घ नेपालद्वारा क्रिसमसको शुभकामना

काठमाडौँ। राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालका अध्यक्ष उद्धवप्रसाद चिमोरियाले ‘क्रिसमस डे’का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

अध्यक्ष चिमोरियाले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाइरहँदा आफूहरूले मुलुकका सातै प्रदेश र राजधानी काठमाडौँमा कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । यस पर्वले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको बताउनुहुँदै अध्यक्ष चिमोरियाले महासङ्घको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त दिइएको पनि स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button