जनकपुरधाममा पाँचौँ अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता शुरु
जनकपुरधाम । जनकपुरधाममा पाँचौँ अन्तर विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको मधेश प्रदेशका सभामुख रामआशिष यादवले जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा उद्घाटन गर्नुभयो । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदान शुरु भएको प्रतियोगितामा २४ वटा विद्यालयका विद्यार्थीहरू सम्मिलित टिमहरू सहभागी छन् ।
खेलको उद्घाटन गर्दै सभामुख यादवले विद्यालय स्तरीय टि–२० प्रतियोगिताबाट विद्यार्थीहरूको शारीरिक, मानसिक विकासका साथै कुलतबाट जोगाउनुका साथै खेलाडीहरूको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला क्रिकेट संघका धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरूको पहिचान हुने बताउनुभयो ।
जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको आयोजनामा शुरु भएको सो प्रतियोगिता ४ वटा समूहमा ६–६ विद्यालयहरूलाई विभाजन गरेर अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगितामा धनुषा जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ ।
नक आउटको आधारमा खेलाइने भएकाले प्रतियोगिता माघ १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्