तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा पिकअप भ्यान दुर्घटना, चार जना घाइते

डोल्पा। डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–६ बलासास्थित भित्री सडक खण्डमा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार पुस ७ गते(हिजाे) साँझ करिब ६ बजे वडा न-६ झ्याकोटबाट बलासातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान अचानक ब्रेक फेल भई सडकबाट करिब १०० देखि १५० मिटर तल खसेको हो।

दुर्घटनामा परी घाइते हुनेहरूमा जगदुल्ला गाउँपालिका–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर बुढाथोकी (सवारीधनी), उहाँका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ निवासी ३६ वर्षीय भीमबहादुर डी.सी. तथा चालक धर्मराज गिरी रहेका छन्।

घाइतेहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button