तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासका लागि मत माग्दा उहाँको पक्षमा शत प्रतिशत मत प्राप्त भएको छ । 

मधेस प्रदेशसभामा रहेका १० दलका प्रदेशसभाका सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको थियो । 

बैठकमा विभिन्न दलका ९२ जना प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको मधेस प्रदेशका उपसभामुख बविता राउत ईसरले घोषणा गर्नुभयो । 

गत मङ्सिर १९ गते मधेस प्रदेशसभामा रहेका ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थमा मुख्यमन्त्री बन्नुभएका यादवले सबै दलको मत लिनमा सफल हुनुभएको हो । 

प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सङ्घीय समाजवादी पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । 

यसअघि नै एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशमा राजनीतिक स्थिरताका लागि अब बन्ने मुख्यमन्त्रीलाई विना सर्त विश्वासको मत दिने घोषणा गर्नुभएको थियो । 

नेपाली काँग्रेस संसदीय दलका नेता तथा पार्टीका प्रदेश सभापति रहनुभएका यादव रौतहट जिल्लाको निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button