तपाईँ सुन्दै हुनुहुन्छः

बाल सुधार गृहको आवश्यक पूर्वाधार निर्माण तथा  व्यवस्थापनका लागि पहल गर्छु : मन्त्री श्रेष्ठ

विराटनगर ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बाल सुधार गृहको आवश्यक पूर्वाधार निर्माण तथा  व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

विराटनगरस्थित बाल सुधार गृहको आज अनुगमनपछि मन्त्री श्रेष्ठले बाल सुधार गृहको आवश्यक मर्मत सम्भार तथा सुधार गृहको घेराबारको लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

बाल सुधार गृहको मर्मत सम्भार र वरिपरि पर्खाल नहुँदा बालबिज्याईकर्तालाई समस्या हुने गरेकोले त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । 

निरीक्षणको क्रममा बाल सुधार गृहको अवस्थाको बारेमा बाल सुधार गृहका व्यवस्थापक मिलन चौहानले बाल सुधार गृहको अवस्थाको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा बाल सुधार गृहको क्षमता ५० जनाको भए पनि अहिले दुई सय ५४ जना बालबिज्याईँकर्ता रहेकोले गर्दा समस्या रहेको व्यवस्थापक  चौहानले मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो  । 

बाल सुधार गृहमा हाल सबैभन्दा बढी एक सय ३९ जना जर्बजस्तीकरणी, ३० जना कर्तव्य ज्यान, २८ जना लागू औषध, ११ जना चोरी तथा नकबजनी, आठ जना ज्यान मार्ने उद्योग, सात जना अप्राकृतिक मैथुन, कर्तव्य ज्यान र डाँका ६ जना, सामूहिक जर्बजस्तीकरणीमा आठ जना, सवारी ज्यानमा पाँच जना, डाँका चार जना लगायतका मुद्दामा बाल सुधार गृहमा बालकहरू रहेको सो अवसरमा जानकारी गराइयो ।

बाल सुधार गृहमा १८ वर्षसम्मका एक सय ४१ जना रहेका छन् भने १८ वर्षभन्दा माथिका एक सय १३ जना रहेका छन् । क्षमताको अनुपातमा अत्याधिक सङ्ख्यामा बालकहरू हुनु, १८ वर्ष माथिका बालकहरूको लागि छुट्टै व्यवस्था नहुनु, बालकहरूको सङ्ख्याको तुलनामा न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति, सुरक्षा लगायतका सुविधा नहुनु, लागु औषध सेवनकर्ताहरूलाई पनि अन्य बालकहरूसँगै राखिनुले समस्या हुने गरेको छ । 

बाल सुधार गृहमा यसभन्दा अगाडि पनि पटक पटक झैझगडा भइरहने र बालकहरू पर्खाल नाघेर भाग्ने गरेका छन् । 

यसैगरी आजै मन्त्री श्रेष्ठले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र एक सय चार, बाल हेल्प लाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको समेत निरीक्षण गर्नुभएको छ । 

बाल सुधार गृहमा यसभन्दा अगाडि पनि पटक पटक झैझगडा भइरहने र बालकहरू पर्खाल नाघेर भाग्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button