तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्धारा १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ ।

सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button