तपाईँ सुन्दै हुनुहुन्छः

लाङ्दी खोलामा डुब्दा ३२ वर्षीय युवकको मृत्यु

गोरखा । आज दिउँसो २ बजेको समयमा सिरानचोक गाउँपालिका–७ स्थित लाङ्दी खोलामा डुबेर बारपाक सुलिकोट गाउँपालिका–५ आरुखर्क घर भएका ३२ वर्षीय दल बहादुर बरामको मृत्यु भएको छ । 

लाङ्दी खोलामा तिवारी थापेर माछा मार्ने क्रममा बरामको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बराम सिरानचोक गाउँपालिका–७ अर्कुलमा डेरा गरी बस्दै आएका थिए । खोलामा माछा मार्न एक्लै गएको र डुबिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका प्रहरी उपरिक्षक भरत विकले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button