एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भृकुटी मण्डपमा मतदान जारी छ ।
एमाले नेता राजेन्द्र गौतमकाअनुसार साढे एघार बजेसम्म ३ सय ५० प्रतिनिधिले मतदान गरेका छन्।
बिहान सवा नौबाट सुरु भएको मतदानका लागि ८ घण्टाको समय लाग्ने एमाले पार्टी निर्वाचन आयोगले जनाएको छ ।
मतदान सकिएको २ घण्टापछि नतिजा आउने र आजै महाधिवेशनको समापन गरिने एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्